Loading...
Logo
Image

आफूविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारीलाई ट्रम्पले गरे बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए ।

बीबीसीका अनुसार न्याय विभागका एक अधिकारीले बताएअनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती अधिकारीलाई बर्खास्त गर्ने निर्णय लिएका हुन् । ती अधिकारीहरूले ट्रम्पको एजेन्डा इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्ने आफूलाई नलागेको उनले बताएका छन् ।

यस्तै ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ ।

Comments