Loading...
Logo
Image

रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलालाई स्पष्टीकरण सोध्ने तयारी

रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । 

सभापति रवि लामिछानेले पदको दुरुपयोग गरी बलात्कार घटनाको अभियुक्तलाई जोगाएको अर्थ लाग्ने गरी अभिव्यक्ति दिएको विषयमा  सङ्ग्रौलालाई अनुशासन आयोगले स्पष्टीकरण सोध्ने तयारी गरेको हो । 

गत शनिबार बेलुकी सङ्ग्रौलाले एक एमाले नेतालाई सराप्ने क्रममा संस्थापक सभापति लामिछानेलाई नै लाञ्छित गरेपछि रास्वपाले उनलाई स्पष्टीकरण सोध्छ कि सौध्दैन भन्ने प्रश्न पेचिलो बनेको छ । उनले फेसबुकमा यस्तो लेखेकी थिइन्, ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिँदै छ रे त साथीहरू । अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको । याद गर काजी ।’

ज्वालाको स्टाटसले गृहमन्त्री भएका बेला लामिछानेले ‘बलात्कार’ घटनाका अभियुक्तलाई जोगाएको अर्थ लगाउँछ । चौतर्फी आलोचना भएपछि सङ्ग्रौलाले पोस्ट सम्पादन गरी रविको प्रसङ्ग हटाइसकेकी छन् । तर, फेसबुकमा एडिट हिस्ट्री हेर्न मिल्ने भएकाले पहिले लेखेको लाइन अझै देख्न सकिन्छ । 

एमाले–कांग्रेस गठबन्धन बन्नुअघि एमाले, माओवादी, रास्वपालगायतको गठबन्धन सरकार थियो । रवि उपप्रधानमन्त्री एवम् गृहमन्त्री थिए । त्यो बेला युवा संघकी पूर्वकेन्द्रीय सदस्य शोभा भनिने जानुका पाठकले एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँकाचोरीको मुद्दा दर्ता गराउन खोजेकी थिइन् । त्यो बेला प्रमाण नपुगेको भन्दै अदालतले मुद्दा दर्ता गरेको थिएन ।

Comments