Loading...
Logo
Image

प्रधानमन्त्री ओलीले भने- स्टन्टबाजीबाट देश चल्दैन, भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टन्टबाजीबाट देश नचल्ने र भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताएका छन् । 

काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै  प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारी र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्ति सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सांसदहरूले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदै छु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताए । उनले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताए ।

Comments