Loading...
Logo
Image

अध्यादेश अस्वीकार गर्ने प्रतिपक्षी दलहरूको निर्णय, सडक संघर्षको चेतावनी

संघीय संसदको प्रतिपक्षीमा दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भोलिदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक बसेको हो । सरकारले सदन छलेर अध्यादेश ल्याएको भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् । अध्यादेश ल्याउनुमा सरकारको गलत मनसाय रहेकोले आवश्यक परेर सरकारविरुद्ध सडक आन्दोलन गर्ने  प्रतिपक्षीमा दलहरूले चेतावनी समेत दिएका छन् ।

त्यस्तै राष्ट्रियता, जनजीविका र महँगी नियन्त्रणलगायतका विषयमा पनि विपक्षी दलहरूले सदनमा सशक्त आवाज उठाउने भएका छन् ।

Comments