Loading...
Logo
Image

अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना

अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको छ ।

वासिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको जहाज आकाशमा हेलिकोप्टरसँग ठोक्किएको संघीय उड्डयन प्रशासनले जानकारी दिएको हो ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अमेरिकी समाचार च्यानल सीबीएसका अनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो । हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए ।

विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जानकारी गराएका छन् ।

Comments