# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षीहरूले आ-आफ्नो रणनीति बनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकका लागि ९ वटा सम्भावित कार्यसूची तय गरिएको छ । जसमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउनेलगायत छन् ।
त्यस्तै बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने तथा अधिवेशनको आह्वानमा दलीय आधारमा सांसदहरूले आफ्नो मन्तव्य राख्नेछन् । जसमा प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
Featured News

Comments