Loading...
Logo
Image

आजदेखि हिउँदे अधिवेशन, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षीहरूले आ-आफ्नो रणनीति बनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकका लागि ९ वटा सम्भावित कार्यसूची तय गरिएको छ । जसमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउनेलगायत छन् ।

त्यस्तै बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने तथा अधिवेशनको आह्वानमा दलीय आधारमा सांसदहरूले आफ्नो मन्तव्य राख्नेछन् । जसमा प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

Comments