# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टुक्र्याउने र फुटाउनेजस्ता खुद्रे कुरा सरकारको मेनुमा नभएकाले नडराउन आग्रह गरेका हुन् ।
उनले भने, ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन।’
प्रधानमन्त्री ओलीले पार्टी फुट्ने डरले डराइरहेकाहरू आफ्नै कर्मको भय पासमा परेको बताए । 'मैले बच्चाको जस्तो स्वभाव भन्ने टिप्पणी पनि सुन्ने गरेको छु । बच्चा होस् वा पाका, कोही कसैलाई पनि डर देखाउन हुँदैन,' उनले भने, 'आफैँ डराउनेलाई दिन मिल्ने जवाफ भने मसँग छैन । बरु कर्मको भय पासमा परेका हुन् कि !'
Featured News

Comments