Loading...
Logo
Image

प्रधानमन्त्री ओलीले भने- पार्टी टुक्र्याउने र फुटाउनेजस्ता खुद्रे कुरा सरकारको मेनुमा छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टुक्र्याउने र फुटाउनेजस्ता खुद्रे कुरा सरकारको मेनुमा नभएकाले नडराउन आग्रह गरेका हुन् । 

उनले भने, ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन।’

प्रधानमन्त्री ओलीले पार्टी फुट्ने डरले डराइरहेकाहरू आफ्नै कर्मको भय पासमा परेको बताए । 'मैले बच्चाको जस्तो स्वभाव भन्ने टिप्पणी पनि सुन्ने गरेको छु । बच्चा होस् वा पाका, कोही कसैलाई पनि डर देखाउन हुँदैन,' उनले भने, 'आफैँ डराउनेलाई दिन मिल्ने जवाफ भने मसँग छैन । बरु कर्मको भय पासमा परेका हुन् कि !' 

Comments