# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा सरकार स्थिर हुन नसकेकोले यो सरकार गठन गरिएको बताएका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सातबुँदे सहमति भएर सरकार गठन भएकाले सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।
उनले संविधान कार्यान्वयन गर्ने कानुन निर्माणका लागि आवश्यक विधेयकहरु चाँडै संसदमा पेस गर्न आग्रह गरेका छन् । शुक्रबार हिउँदे अधिवेशनको सुरुवातको दिन प्रतिनिधिसभालाई सम्बोधन गर्दै देउवाले कानुन बनाउन ढिलो गर्न नहुने बताए ।
‘संसदमा कानून निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको छ । संसदमा संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक विचाराधीन छन् । मैले अघि नै भनी सकेँ लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन हो । कानुन निर्माणको थलो संसद नै हो ,’ उनले भने ।
Featured News

Comments