Loading...
Logo
Image

२५ प्रतिशत कर लगाउने निर्णयमा क्यानडाका प्रधानमन्त्री ट्रुडोले ट्रम्पलाई फर्काए जवाफ

क्यानडाबाट आयात हुने वस्तुमाथि २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जवाफ फर्काएका छन् ।

ट्रुडोले एक्स (ट्विटर) मा लेखेका छन्- क्यानडा यस्तो होस् भन्ने चाहँदैन थियो । तर, कर लगाउने ट्रम्पको घोषणालाई जवाफ दिनका लागि तयार छ । उनले अगाडि लेखेका छन्- अमेरिकाले यो कुराको पुष्टि गरेको छ कि फेब्रुअरी ४ देखि क्यानडाका अधिकांश वस्तुमाथि २५ प्रतिशत र ऊर्जामाथि १० प्रतिशत कर लगाउन चाहन्छ ।

ट्रुडोले यसबारेमा अगाडि लेखेका छन्- मैले यसबारेमा प्रमुख मन्त्री तथा हाम्रो मन्त्रीमण्डलसँग कुराकानी गरेँ । साथै छिटै नै मेक्सिकोका राष्ट्रपतिसँग पनि कुरा गर्नेछु । हामी यस्तो होस् भन्ने चाहँदैन थियौँ । तर, क्यानडा यसका लागि तयार छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा क्यानडा र मेक्सिकोबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउने निर्णयमा हस्ताक्षर गर्नेबारे जानकारी दिएका थिए । त्यस्तै चीनबाट आयात हुने सामग्रीमा १० प्रतिशत कर लगाउने उनले घोषणा गरेका छन् ।

Comments