- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
क्यानडाबाट आयात हुने वस्तुमाथि २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जवाफ फर्काएका छन् ।
ट्रुडोले एक्स (ट्विटर) मा लेखेका छन्- क्यानडा यस्तो होस् भन्ने चाहँदैन थियो । तर, कर लगाउने ट्रम्पको घोषणालाई जवाफ दिनका लागि तयार छ । उनले अगाडि लेखेका छन्- अमेरिकाले यो कुराको पुष्टि गरेको छ कि फेब्रुअरी ४ देखि क्यानडाका अधिकांश वस्तुमाथि २५ प्रतिशत र ऊर्जामाथि १० प्रतिशत कर लगाउन चाहन्छ ।
ट्रुडोले यसबारेमा अगाडि लेखेका छन्- मैले यसबारेमा प्रमुख मन्त्री तथा हाम्रो मन्त्रीमण्डलसँग कुराकानी गरेँ । साथै छिटै नै मेक्सिकोका राष्ट्रपतिसँग पनि कुरा गर्नेछु । हामी यस्तो होस् भन्ने चाहँदैन थियौँ । तर, क्यानडा यसका लागि तयार छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा क्यानडा र मेक्सिकोबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउने निर्णयमा हस्ताक्षर गर्नेबारे जानकारी दिएका थिए । त्यस्तै चीनबाट आयात हुने सामग्रीमा १० प्रतिशत कर लगाउने उनले घोषणा गरेका छन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments