Loading...
Logo
Image

चीनले एकाधिकारविरोधी कानुन उल्लङ्घनको आरोपमा गुगलमाथि अनुसन्धान गर्ने

चीनले मङ्गलबार अमेरिकी प्रविधि दिग्गज गुगलमाथि एकाधिकारविरोधी कानुन उल्लङ्घनको अनुसन्धान गर्ने बताएको छ ।

बेइजिङको राज्य बजार नियमन प्रशासनले अमेरिकी प्रविधि दिग्गजलाई ‘जनवादी गणतन्त्र चीनको एकाधिकारविरोधी कानुन उल्लङ्घन गरेको आशङ्का’ गरिएको बताएको छ ।

‘कानुनअनुसार गुगलमा अनुसन्धान सुरु गरेको’ प्रशासनले एक विज्ञप्ति जारी गरी बताएको छ । प्रशासनले गुगलविरुद्धका आरोपहरूका बारेमा थप विवरण सार्वजनिक गरेको छैन ।

Comments