Loading...
Logo
Image

स्विडेनको एक विद्यालयमा गोली चल्यो, १० जनाको मृत्यु

स्विडेनको ओरब्रो केएक स्कुलमा गोली चलेको छ । उक्त घटनामा परी १० जनाको मृत्यु भएको छ । घटनाका शंकास्पद व्यक्तिको पनि मृत्यु भएको छ ।

यो घटना स्थानीय समयअनुसार दिउँसो करिब साढे १२ बजेतिर भएको हो । गोलीबारीमा परी थुप्रै व्यक्ति घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी अधिकारीहरूले बताएका छन् ।

गोली चलेपछि विद्यालय भवनहरू खाली गरिएको छ । स्विडेनका प्रधानमन्त्री उल्फ क्रिसटेर्सनले यो घटनाबारे प्रतिक्रिया दिँदै भनेका छन्- यो पूरा स्विडेका लागि निकै दुःखद दिन हो ।

Comments