- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे इजरायलका राष्ट्रपतिसँग नेपाली राजदूतले टेलिफोन संवाद गरेका छन् ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपतिसँग विपिनको रिहाइबारे टेलिफोन संवाद गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी जोशीसहित हमासले बन्धक बनाएकाहरूको उद्धारका लागि सबै प्रयासहरू लगाइरहेको बताएका थिए ।
इजरायल र हमासबीच युद्धविराम भएयता बन्धक र कैदी आदानप्रदान भइरहेको छ । तर, जोशी अहिलेसम्म रिहा हुने सूचीमा अटाएका छैनन् ।
नेपालले कूटनीतिक पहल भने जारी राखेको छ । हालै इजरायलले जुनसुकै बेला विपिनको रिहाइ हुन सक्ने भन्दै तयारी हालतमा रहन इजरायलस्थित नेपाली दूतावासलाई खबर दिएको थियो ।
हमासले इजरायलमा आक्रमण गर्ने क्रममा नेपाली विद्यार्थी जोशी अपहरणमा परेका थिए । उनीसँगै रहेका १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा ज्यान गएको थियो ।

Comments