# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले ल्याएका छवटा अध्यादेश संघीय संसदका दुवै सदनमा आज निर्णयार्थ पेस नहुने भएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूचीमा थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा संघीय संसदका दुवै सदनको बैठकको कार्यसूचीबाट अध्यादेश पेस गर्ने विषय हटाइएको हो ।
राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।
जसपा नेपालसँगको छलफल टुंगोमा नपुगेकाले सरकार राष्ट्रियसभा बैठकमा आज अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।प्रतिनिधिसभामा भने सत्तापक्षको लगभग दुईतिहाइ बहुमत छ ।
Featured News

Comments