Loading...
Logo
Image

हमासले छाड्यो तीन जना इजरायली बन्धक, इजरायलले रिहा गर्‍यो १८३ प्यालिस्टिनी

हमासले शनिबार गाजामा तीन जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । यसको बदलामा इजरायलले १८३ जना प्यालिस्टिनी कैदीलाई रिहा गरेको छ ।

हमासले रिहा गरेका बन्धकहरू एली सराबी, आर लेवी तथा ओहद बिन अमी हुन् । यी तीन जनालाई स्थानीय समयअनुसार शनिबार बिहान रेडक्रसलाई बुझाइएको छ ।

यही १९ जनवरीमा युद्धविरामको सुरुवात भएको थियो । त्यसयता हमासले २१ जना बन्धकहरूलाई रिहा गरिसकेको छ । त्यसको बदलामा इजरायलले ५६६ जना प्यालिस्टिनीलाई छाडेको छ ।

तीन हप्ताको युद्धविरामको पहिलो चरणको अन्त्यसम्म ३३ बन्दकलाई हमासले रिहा गर्ने र १९०० प्यालिस्टिनीलाई इजरायलले छाड्ने जनाइएको छ ।

Comments