# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।
भूमिसम्बन्धी अध्यादेशमाथि कार्यदल नै बनाएर अध्ययन गरेको जसपाले यो अध्यादेशमा सरकारलाई समर्थन नगर्ने भएपछि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारलाई नैतिक संकट पर्ने देखिएको छ ।
भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जनाएको जसपाले सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने समर्थन गर्ने बताएको छ ।
Featured News

Comments