Loading...
Logo
Image

छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश

उच्च अदालत बुटवलले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको सोमबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश विरुद्ध जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले आदेश बदर माग गर्दै निबेदन दर्ता गराएका थिए ।

Comments