- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । ट्रम्पले पुटिनसँग आफ्नो कुराकानी भएको जानकारी दिएका छन् ।
बीबीसीका अनुसार कुराकानीबारे प्रतिक्रिया दिँदै ट्रम्पले भनेका छन्- राष्ट्रपति पुटिनसँग उनको भेट हुँदै छ । यद्यपि कहिले भेट हुनेछ भन्ने बारेमा भने ट्रम्पले खुलाएका छैनन् ।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग उनले पुटिनसँग भेटवार्ता हुने सम्भावित स्थलको रूपमा भने केही खुलाए । उनले भने, 'हामी साउदी अरबमा भेट्नेछौँ ।'
यसअघि ट्रम्पले आफूहरू युक्रेन युद्ध समाप्त गर्न कुराकानी गर्नका लागि सहमत भएको बताएका थिए ।
उता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले पनि यसबारे प्रतिक्रिया दिएका छन् । राष्ट्रपति पुटिनले ट्रम्पको उक्त सुझावको समर्थन गरेको उनले उल्लेख गरेका छन् । जसमा अमेरिकी राष्ट्रपतिले भनेका थिए- साथ मिलेर काम गर्ने समय आएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments