- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
हालै नेपाल सरकारले अध्यादेशमार्फत एनआरएनए नागरिकलाई दश वर्षे निशुल्क भिषा दिने व्यवस्था गर्न लागेको प्रति असहमति जनाउँदै जन्मसिद्ध नागरिकको हकमा नागरिकताको निरन्तरताको लागि उत्तरी युरोपको नर्डिक क्षेत्रका गैर आवासिय नेपाली प्रतिनिधिहरूले माग गरेका छन् ।
हालै डेनमार्कको राजधानी कोपन्हेगनमा सम्पन्न एनआरएनएको पाचौँ नर्डिक क्षेत्रीय बैठकले संघभित्रको विवाद र असमझदारी प्रति सचेत हुदै नर्डिक क्षेत्रका एनसिसीहरू राष्ट्रको हित , एनआरएनएको हित तथा सामूहिक अधिकारका लागि उपयुक्त समयमा एकताको महाधिवेशनको पक्षमा उभिने निर्णय गरेको बैठकका सहभागीले जानकारी दिएका छन् ।
प्रमुख अतिथिको तर्फबाट डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरबाट बैठकको समुद्घाटन भएको थियो ।
नेपाल मानव अधिकार आयोगका पूर्व प्रवक्ता गौरी प्रधान, एनआरएन यूरोप क्षेत्रका डिआरसि राजु अर्यालले शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा उत्तरी युरोप नर्डिक क्षेत्रका डेनमार्क, नर्वे, स्विडेन र फिनल्याण्डका एनआरएनए प्रतिनिधिहरुद्वारा नवनियुक्त राजदूतलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।
उक्त बैठकमार्फत विभिन्न प्रयोजनका लागि विविध फोरमको गठन गरिएको पनि जनाइएको छ । गैर आवासीय नेपाली संघ एनसिसी डेनमार्कका पूर्व अध्यक्ष दिपक सापकोटाको संयोजकत्वमा नोर्डिक क्षेत्रबाट गैरआवासीय नेपालीहरुको सामुहिक लगानीको पहलका लागि एक वर्ष भित्र विशेष भेला सम्पन्न गर्न तयारी समिति गठन भएको छ । समितका सदस्यहरुमा डेनमार्कबाट कमलराज शर्मा , शैलेन्द्र अधिकारी, दिपेन्द्र चुडाल , कृष्ण पौडेल , शिव कार्की, र राधाकृष्ण सापकोटा रहेका छन् भने स्विडेनबाट राजकुमार पाठक , दिनेश कुमार श्रेष्ठ , विजय प्रधान छन् । त्यसैगरी नर्वेबाट नयन मल्ल , कुमार पण्डित , बिष्णु गौतम, जितेन्द्र शाही, पवित्र बस्नेत उक्त समितिको सदस्य छन् ।
नर्डिक राष्ट्रहरुका महिला फोरमहरुलाई संयुक्त रुपमा कार्यक्रम ल्याउन तथा क्रियाशील गराउने उद्देश्यले प्रत्येक राष्ट्रका महिला संयोजकहरु रहने गरि नोर्डिक महिला फोरम गठन गर्ने निर्णय समेत सो बैठकले गरेको छ । डेनमार्ककी लक्ष्मी वेलवासे संयोजक रहेको सो फोरममा स्विडेनबाट संजिता शर्मा, नर्वेबाट श्रद्धा सिंह थापा र डेनमार्कबाट ईशिका अर्याल सदस्य छानिएका छन् ।
नर्डिक क्षेत्रका खेलकुद लगायतका अन्य गतिविधि संयुक्त रुपमा आयोजना र सम्पन्न गर्नको लागि प्रत्येक एनसिसिका यूवा संयोजकहरु रहने गरी स्विडेनका विवेक केसीको संयोजकत्वमा यूवा फोरम पनि गठन गरिएको छ । जसमा डेनमार्कका एलेक्स पोखरेल, नरवेका असिम लम्साल सदस्य रहेका छन् ।
नर्डिक क्षेत्रमा ज्ञान तथा प्राज्ञिक गतिविधीहरू संचालन गर्न डेनमार्कका एलेक्स पोखरेलको संयोजकत्वमा प्रत्येक नर्डिक राष्ट्रबाट प्रतिनिधिहरु सम्मिलित एक कमिटि गठन गरि कार्यक्रम ल्याउने पनि निर्णय भएको छ । आगामी छैठौँ नर्डिक बैठक स्वीडेनमा हुने जनाइएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments