Loading...
Logo
Image

विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने सत्तापक्षको तयारी

प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेका छन् ।

आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।

घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए ।

‘आजबाट संसद सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ,’ घिमिरेले भने, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’

Comments