Loading...
Logo
Image

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार  राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

 

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी गरेको छ । आयोगले २५ जेठमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको  हो। 

उनीहरूसँग अख्तियारले ३३ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।

Comments