Loading...
Logo
Image

सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारी निलम्बित

सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई पदबाट निलम्बन गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहनुभएका सोडारीलाई प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको व्यहोरा जानकारी गराएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्वन गरिएको सभामुख भण्डारीले जानकार दिए। 

Comments