Loading...
Logo
Image

बालेनविरुद्ध अख्तियारमा उजुरी, लिफ्टमा अनियमितता भएको दाबी

काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित युवराज पौडेल ‘सफल’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएको उजुरीमा भनिएको छ । 

उजुरीमा महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ । 

Comments