Loading...
Logo
Image

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।  विमानमा २ सय ४२ यात्रु थिए । 

सार्वजनिक भएका तस्वीरहरूमा विमानमा आगो लागेको र बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ । लण्डनका लागि उडेको केहीबेरमै विमान दुर्घटनामा परेको बताइएको छ ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ ।

बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । 

Comments