# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाली कांग्रेसले केन्द्रीय कार्यालय भवन रहेको सानेपा कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउन १३ करोडको घर खरिद गरेको छ । कांग्रेसले अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने भएको हो ।
अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी ११ असारमा सम्झाैता भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको हो ।
जग्गा र घर किन्न लाग्ने १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोगमार्फत चुक्ता गरिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Featured News

Comments