Loading...
Logo
Image

चीनले जापानी सी फुडमाथिको प्रतिबन्ध हटायो

चीनले जापानी सी फुडको आयातमा करिब दुई वर्षदेखि लगाएको प्रतिबन्ध हटाएको छ । जापानले फुकुसिमा परमाणु संयन्त्रको रेडियोधर्मी पानी समुद्रमा छाड्न सुरु गरेपछि चीनले जापानी सी फुडको आयातमा रोक लगाएको थियो ।

फुकुसिमा परमाणु संयन्त्र सन् २०११ मा आएको विनाशकारी सुनामीमा गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । त्यसका रियाक्टर चिस्याउन अहिले पनि लगातार चिसो पानी हालिँदै आएको छ । रियाक्टर चिस्याएको पानी त्यसपछि विशाल ट्यांकीमा भण्डारण गरिँदै आएको थियो । वर्षौंको विवादपछि जापान सरकारले यो पानी बिस्तारै समुद्रमा छोड्ने अनुमति दिएको थियो, जसमा रहेको अधिक रेडियोधर्मी पदार्थ हटाइएको छ ।

जापानले यो पानी अन्तर्राष्ट्रिय सुरक्षा मानकभन्दा केही बढी नै सुरक्षित रहेको र यसले पर्यावरणमा कुनै गम्भीर प्रभाव नपार्ने बताउँदै आएको छ । तर, चीनले त्यसको विरोध गर्दै आएको थियो ।

Comments