- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
चीनले जापानी सी फुडको आयातमा करिब दुई वर्षदेखि लगाएको प्रतिबन्ध हटाएको छ । जापानले फुकुसिमा परमाणु संयन्त्रको रेडियोधर्मी पानी समुद्रमा छाड्न सुरु गरेपछि चीनले जापानी सी फुडको आयातमा रोक लगाएको थियो ।
फुकुसिमा परमाणु संयन्त्र सन् २०११ मा आएको विनाशकारी सुनामीमा गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । त्यसका रियाक्टर चिस्याउन अहिले पनि लगातार चिसो पानी हालिँदै आएको छ । रियाक्टर चिस्याएको पानी त्यसपछि विशाल ट्यांकीमा भण्डारण गरिँदै आएको थियो । वर्षौंको विवादपछि जापान सरकारले यो पानी बिस्तारै समुद्रमा छोड्ने अनुमति दिएको थियो, जसमा रहेको अधिक रेडियोधर्मी पदार्थ हटाइएको छ ।
जापानले यो पानी अन्तर्राष्ट्रिय सुरक्षा मानकभन्दा केही बढी नै सुरक्षित रहेको र यसले पर्यावरणमा कुनै गम्भीर प्रभाव नपार्ने बताउँदै आएको छ । तर, चीनले त्यसको विरोध गर्दै आएको थियो ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments