Loading...
Logo

धनगढीमा पनि संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ४ पुग्यो

काठमाडौं, चैत १४ गते । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ  । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ  ।  चैत ११ गते अस्पताल भर्ना भएका उनी ३४ वर्षका नेपाली पुरूष भएको र हाल उनको अवस्था सामान्य भएको बाताइएको छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

स्रोत: Mero Online

Comments