Loading...
Logo

इलाका प्रहरीलाई दिन लगेको स्यानिटाइजर रतुवामाईका मेयरले गरे कब्जा

२०७६ चैत्र १५ शनिवार ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका बेला कोरोना रोकथामका लागि अत्यावश्यकीय मानिएको स्यानिटाइजर मोरङको रतुवामाई नगरपालिकाका मेयरले कब्जा गरेको बताईएकोछ  ।

रतुवामाईकै युवा निलम खड्काले आफूले काठमाडौंदेखि सबै प्रक्रिया पूरा गरेर बिक्रीका लागि ल्याएको १ हजार ५० थान स्यानिटाइजर मेयर रबिन राईले गुण्डागर्दी शैलीमा कब्जा गरेको दाबी गर्नुभएको हो  ।

सबै कानुनी प्रक्रिया पूरा गरेर बिल भरपाईसहित बिक्रीका लागि ल्याउँदै गरेको उक्त परिमाणको स्यानिटाइजर मेयर राईले एक्कासि कब्जा गरेको खड्काले बताउनुभयो  ।  काठमाडौंदेखि १५ सय थान स्यानिटाइजर ल्याइएकोमा इटहरी, उर्लाबारी, रतुवामाईको सोमबारेसम्ममा अरु बिक्री गरे पनि बाँकी रहेको १ हजार ५० थान मेयर राईले जबर्जस्ती कब्जा गरेको आरोप उहाले लगाउनुभयो । उहाले बाटोमा पर्ने अरु कुनै पनि स्थानीय तहले रोकतोक नगरे पनि मेयर राईले भने रतुवामाईमा आइपुग्नेबित्तिकै कब्जा गरेको प्रति आपत्ति जनाउनुभएको छ ।

‘लक डाउन’ मा अहोरात्र खट्ने प्रहरीलाई स्यानिटाइजर अत्यावश्यक रहेकाले इलाका प्रहरी कार्यालय सिजुवाकै आग्रहमा निःशुल्क स्यानिटाइजर वितरण गर्न गएको बेला केही युवाहरुसहित पुगेका मेयर राईले सबै कब्जा गरेको उहाको आरोप छ ।

स्रोत: Shilapatra.com

Comments