- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
२०७६ चैत्र १५ शनिवार । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका बेला कोरोना रोकथामका लागि अत्यावश्यकीय मानिएको स्यानिटाइजर मोरङको रतुवामाई नगरपालिकाका मेयरले कब्जा गरेको बताईएकोछ ।
रतुवामाईकै युवा निलम खड्काले आफूले काठमाडौंदेखि सबै प्रक्रिया पूरा गरेर बिक्रीका लागि ल्याएको १ हजार ५० थान स्यानिटाइजर मेयर रबिन राईले गुण्डागर्दी शैलीमा कब्जा गरेको दाबी गर्नुभएको हो ।
सबै कानुनी प्रक्रिया पूरा गरेर बिल भरपाईसहित बिक्रीका लागि ल्याउँदै गरेको उक्त परिमाणको स्यानिटाइजर मेयर राईले एक्कासि कब्जा गरेको खड्काले बताउनुभयो । काठमाडौंदेखि १५ सय थान स्यानिटाइजर ल्याइएकोमा इटहरी, उर्लाबारी, रतुवामाईको सोमबारेसम्ममा अरु बिक्री गरे पनि बाँकी रहेको १ हजार ५० थान मेयर राईले जबर्जस्ती कब्जा गरेको आरोप उहाले लगाउनुभयो । उहाले बाटोमा पर्ने अरु कुनै पनि स्थानीय तहले रोकतोक नगरे पनि मेयर राईले भने रतुवामाईमा आइपुग्नेबित्तिकै कब्जा गरेको प्रति आपत्ति जनाउनुभएको छ ।
‘लक डाउन’ मा अहोरात्र खट्ने प्रहरीलाई स्यानिटाइजर अत्यावश्यक रहेकाले इलाका प्रहरी कार्यालय सिजुवाकै आग्रहमा निःशुल्क स्यानिटाइजर वितरण गर्न गएको बेला केही युवाहरुसहित पुगेका मेयर राईले सबै कब्जा गरेको उहाको आरोप छ ।

Comments