- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १६ गते । प्रहरीले आइतबार (आज)बाट ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै उभ्याउने भएको छ । गत साताको मंगलबारदेखि कोरोना भाइरस (कोभिड- १९)को सम्भावित महामारीलाई रोक्न सरकारले देश पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो ।
यसरी ‘लकडाउन’को अवज्ञा गर्नेलाई पक्राउ गर्दै आएको प्रहरीले आजबाट सडकमै २ घण्टा उभ्याएर ‘लकडाउन’बारे जानकारी दिएर छाड्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
‘हिजोसम्म लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्दै आएका थियौँ, आजबाट उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमै कक्षा लिएर छाड्छौँ, भोलि पनि यसरी उल्लङ्घन गरे समय बढ्दै जान्छ,’ डीआईजी पोखरेलले भन्नुभयो ।
आज बिहानै उपत्यकाको तीनवटै जिल्लाबाट लकडाउन उल्लङ्घन गर्ने १ हजार ४७ जनालाई २ घण्टा सडकमै राखेर कक्षा लिएर छाडिएको पोखरेलले बताउनुभयो ।
यसअघि प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ५ सयभन्दा बढीलाई दैनिक नियन्त्रणमा लिँदै आएको थियो । पक्राउ गरेर नियन्त्रणमा लिँदा अझ कोरोना भारसको संक्रमण बढी फैलिन सक्ने भन्दै प्रहरीले सडकमै कक्षा लिएर छाड्न लागेको हो ।
आज लकडाउनको छैैैैटौँ दिन हो । लकडाउनलाई सरकारले अझ बढाउने सङ्केत दिएको छ । हालसम्म नेपालमा ५ जनामा कोरोना भएको पुष्टि भएको छ ।

Comments