Loading...
Logo

लकडाउनको समय लम्बिने, ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

लकडाउन एक हप्ता थपिन सक्ने

काठमाडौं, चैत्र १६ गते । गत सोमबार उच्चस्तरीय समन्वय समितिले गत मंगलबार विहान ६ बजेबाट लागू हुने गरी लगाएको एक साता लामो लकडाउनको समय सकिनै लाग्दा सरकारले पून एक साताको लागि समय थप्ने तयारी गरिरहेको छ । 

कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन रोगको संक्रमण बढेसँगै कम्तीमा एक साता लम्ब्याउने तयारी गरिएको हो  । यो लकडाउन एक साता कायम रहनेगरी अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप गर्न लागिएको हो  ।

यसका लागिआज अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको बताइएको छ ।

स्रोत: Mero Online

Comments