- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत १६ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल मुलुकको लागि हिरा सरह भएको बताउनुभएको छ ।
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी चिकित्सकलाई आवश्यक पर्ने सामाग्री चीनबाट खरिद गर्दा भ्रष्टाचार भयो गरियो भनेर सामाजिक सन्जालबाट मन्त्रिको रजिनामा माग भएको प्रती आपत्ति जनाउदै संयोजक महरले उक्त कुराको कडा रुपमा खण्डन गर्नुभएको छ । उहाँले आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै मन्त्री ढकाललाई हिराको रुपमा तुलना गर्दै विरोधीहरुलाई फोहोरी किरोको रुपमा तुलना गर्दै कडा जवाफ दिनुभएको हो ।
उहाँले आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै भन्नुभएको छ , ‘भानुभक्त ढकाल हिरा हुन ! किराहरुले जति फोहोर ल्याएर छोप्न खोजे पनि हिरा चम्किन छोड्ने छैन र एकदिन आफू हिरा नै भएको प्रमाणित गर्नेछ।’

Comments