- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौ, चैत १६ गते । आजको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । कोरोना भाइरसका कारण लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट लगायतका निर्णय गरेको हो ।
आजको मन्त्रिपरिषद्को बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो बारे जानकारी गराउनुभएको हो ।
जस अनुसार फागुन र चैत्र महिनाको १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई महसुलमा २५ प्रतिशतसम्म, फोन,र इन्टरनेटमा २५ । २५ प्रतिशत छुट दिने निर्णय गरेको जानकारी गराइएको छ । श्रमिक तथा दैनिक ज्याला मजदूरी गरी खानेका लागि दैनिक गुजारा चल्ने गरी स्थानीय तहसँग समन्वय गरी राहत उपलब्ध गराउने र खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री गरिने चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिइने भएको छ । साथै सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट दिन घरबेटीहरुसँग आग्रह गर्ने निर्णय भएको जानकारी गराइएको छ

Comments