# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौ, चैत १७ गते । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलने त्राससँगै सरकारले ‘लकडाउन’ गरेपछि यसले दैनिक ज्यालादारीदेखि व्यापारिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरुलाई असर गरेको छ । व्यापारिक प्रतिष्ठानहरु प्राय: बन्द रहेको भएपनी मजदुरहरुको चैत महिनाको तलब तथा ज्याला नरोक्न व्यापारिक प्रतिष्ठानहरुलाई आईतवार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशन दिएको छ ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले रोजगारदाताहरुलाई मजदुरको चैत महिनाको तलब पूर्ण भुक्तानी गर्न रोजगारदाता व्यापारिक प्रतिष्ठानहरुलाई निर्दशन दिइएकाे जानकारी गराउनुभयो।
रोजगारदाताहरुले यसरी भुक्तान गर्ने तलबका लागि कर्मचारी कल्याणकारी कोषमा जम्मा भएको रकम समेत प्रयोग गर्न पाउने व्यवस्था समेत गरेको उहाँले बताउनुभयो ।
स्रोत: Mero Online
Featured News

Comments