Loading...
Logo

सेयर बजार तत्कालै नखुल्ने, नेप्सेले आज निर्णय गर्दै

काठमाडौ, चैत १७ गते सोमबार । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिनुभयो ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । त्यसपछि पनि थप बन्द गर्न निर्देशन दिएको अध्यक्ष ढुंगानाले बताउनुभयो । कति दिन बन्द गर्ने निर्णय भने नेप्सेले नै गर्ने उहाँले बताउनुभयो । ‘एक साताका लागि पनि हुनसक्छ, लकडाउन अवधिभर पनि हुनसक्छ’ उहाँले भन्नुभयो, हामीले निर्देशन दिएका छों, कति दिन बन्द गर्ने भन्ने निर्णयको जिम्मा नेप्सेको हो ।’

नेप्सेले पनि कतिदिन बन्द गर्ने सोमबार नै निर्णय गर्ने भएको छ । नेप्सेका सीईओ चन्द्रसिंह साउदले बजार कति बन्द गराउने भन्ने सोमबार निर्णय हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउन अवधिभर बन्द गर्ने गरी तयारी भइरहेको छ, तर अहिले नै यति दिन भन्न मिल्दैन ।’

स्रोत: अनलाइन खबर

Comments