- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १८ गते मंगलवार । लकडाउन हुनुपूर्व हालको अवधिका लागि काटिसकेको टिकटको पैसा पुरै फिर्ता हुने आन्तरिक वायुसेवा कम्पनीहरुले जानकारी गराएका छन् । सरकारले यसअघि १८ चैतसम्मका लागि मात्र लकडाउन घोषणा गरेका थियो ।
त्यसपछि यातायात सुचारु हुने आशासहित वायुसेवा कम्पनीका टिकट भने बिक्रि भएका थिए । तर, आइतबार सरकारले लकडाउनको अवधि बढाएर २५ चैत मध्यरातसम्म पुर्याएको छ ।
यसले आन्तरिक उडान समेत प्रभावित बनेको छ । बुद्ध एयरले टिकटको पुरै पैसा फिर्ता हुने जानकारी गराएको छ । तर, पैसा भने २६ चैतपछि सम्बन्धित ट्राभल एजेन्सी वा बुद्ध एयरको कार्यालयबाट पाप्त गर्न सकिने भएको छ । कम्पनीले कोभिड १९ को सम्भावित जोखिमलाई टार्न सबै जनालाई घरमै बस्ने समेत आह्वान गरेको छ ।
यति एयरलाइन्सले समेत यस अवधिमा काटेको टिकटको पुरै पैसा फिर्ता हुने जनाएको छ । वा यात्रुले यात्राको पुनतालिका गर्न सक्ने भएका छन् । यसका लागि पनि यात्रुले २६ चैतसम्म भने कुर्नु पर्नेछ । कम्पनीले समेत सरकारको लकडाउन गर्ने निर्णयमा ऐकिवद्धता जनाउँदै यस अवधिमा कुनै पनि उडान नहुने स्पष्ट पारेको छ । यात्रुले कम्पनीको कार्यालय वा टिकट खरीद गरेको एजेन्सीमार्फत टिकट फिर्ता लिन सक्ने जनाएको छ ।

Comments