- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १८ गते मंगलवार । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको बिशेष पहल एवं बिभिन्न बैंकहरुसँगको सहकार्यमा असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुका लागि निस्शुल्क खाद्य सामाग्री वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउनको कारण त्यस्ता व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत कठिन हुन गएको परिस्थितिका कारण उनीहरुका लागि निस्शुल्क खाद्य सामाग्री वितरण गरिएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मंगलबार "नेपाल ह्युमन सर्भिस अर्गनाइजेसन मनमैजु " मा रहेका ३० जना, काठमाडौं नवजीवन समाज, फुटुङ काठमाडौंमा रहेका २० जना, पवित्र समाज सेवा टोखामा रहेका ५५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २ जनालाई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नुभयो ।
हाल उत्पन्न विषम् परिस्थितिमा मानव सेवामा समर्पित संघसंस्था तथा दैनिक ज्यालादारी मजदुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या बेहोर्नु नपरोस् भनी मानव सेवाको ध्येयले निस्शुल्क वितरणको अभियान संचालन गरिएको र यो अभियान लकडाउन अवधिभर संचालन गरिने उहाँले बताउनुभयो ।
कुनै गुनासो भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा सम्पर्क गर्न सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

Comments