- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १८ गते मंगलवार । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
उहाँले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको जानकारी दिनुभएको हो । पूर्वराजा शाहले लकडाउन बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्दै यसप्रति अनुशासित बन्न पनि सबैसँग आग्रह गर्नुभएको छ ।
‘विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौँ । देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ । मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको भन्दै उहाँले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्न जरुरी रहेको पनि उल्लेख गर्नुभएको छ महामारीको यस क्षणमा ज्यानको पर्वाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट गर्दै पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेकोमा प्रशंसा गर्नुभएको छ ।
शिलापत्रबाट

Comments