Loading...
Logo

काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै

काठमाडौँ, चैत १९ गते बुधवार। नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न लागिएको हो ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ । अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी ग्यास वितरण गर्न लागिएको जानकारी उहाँले दिनुभयो । तीन दिनमा दुई-दुई स्थानबाट एकैचोटि ग्यास  वितरणको तयारी गरेको जानकारी  पनि उहाँले दिनुभयो ।’

 

स्रोत: Mero Online

Comments