- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १९ गते बुधवार। संयक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभएको छ ।
कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरसले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताउनुभएको छ ।
न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उहाँले भन्नुभयो, ‘यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ।’
उहाँले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्यसहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताउनुभयो । गुटेरसले कम विकसित देशहरूलाई सहयोग गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्नेु बताउनुभयो।
कोरोना भाइरसको महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउने राष्ट्रसंघको अनुमान छ ।
विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने सो प्रतिवेदनमा जनाइएको छ।
अमेरिकाले कडिकडाउका उपायहरू बढाइरहँदा चारमध्ये तीन अमेरिकीहरू कुनै न कुनै प्रकारका ‘लकडाउन’ को सामना गरिरहेका वा गर्ने अवस्थामा पुगेका छन् ।
महामारीसँग जुझ्न भइरहेका प्रयासबीच विश्वभरका सेयर बजारहरूले यस वर्षको पहिलो तीन महिनामा तीन दशक यताकै ठूलो क्षति बेहोरेका छन्।
हालसम्म विश्वका ८ लाख ५७ हजार मानिसमा कोरोना संक्रमण्ण भइसकेको छ भने ४२ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वका शक्ति राष्ट्रहरु अमेरिका, चीन, इटली, फ्रान्स, स्पेन, बेलायतजस्ता राष्ट्र कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेका छन् भने २ सयभन्दा बढी देश यसको चपेटामा परेका छन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments