- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १९ गते बुधवार । काठमाडौंमा फोहोर उठाउने धेरै निजी कम्पनी सम्पर्कविहीन भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा फोहोर उठाउने जिम्मा लिएका निजी कम्पनी भागेका हुन् ।
काठमाडौं महानगरपालिकाका निमित्त सचिवको जिम्मेवारी सम्हालि रहनु भएका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार कतिपय सम्पर्कमा नै छैनन् भने कतिपयले विभिन्न बाहना बनाएर फोहोर संकलनको काम गरेका छैनन् । तुरुन्तै फोहोर उठाउन सचेत गराइए पनि अटेर गरेको उहाँले बताउनुभयो ।
अहिले काठमाडौं महानगरपालिकाभित्र करिब २५ वटा कम्पनीले प्रतिमहिना २५० देखि ३०० रुपैयाँसम्म शुल्क लिएर फोहोर उठाउने गरेका छन् । अझ ठूला व्यवसायिक ग्राहकको फोहोर उठाउँदा त्यो भन्दा चर्को शुल्क असुलिन्छ ।
तर लकडाउनको समयमा कामदार नपाएको, जोखिम बढेकोलगायतको बाहना बनाएर फोहोर उठाउन आनाकानी गरेका छन् । ‘यस्ता कम्पनी महानगरमा दर्ता छैनन्, ल्यान्डफिल्ड साइटमा प्रतिट्रक ३ सय रुपैयाँबाहेक राजश्व पनि तिर्दैनन्’ निमित्त सचिव ज्ञवालीले भन्नुभयो, ‘फोहोरबाट पैसा कमाए पनि अप्ठ्यारोको बेलामा असहयोग गर्नेलाई अब त्यतिकै छाड्न सकिँदैन ।’
अहिले फोहोर नउठाई बसेका कम्पनीलाई लकडाउनलगत्तै कारवाही गर्ने महानगरपालिकाले बताएको छ ।
ज्ञवालीकाअनुसार कम्पनीहरु नपुगेका क्षेत्रमा अहिले महानगरपालिका आफैंले सेवा दिइरहेको छ । बुधबार मात्रै १७१ ट्रक फोहोर सिसडोल पुगेको थियो ।
तै पनि विभिन्न ठाउँमा फोहोर नउठेका गुनासो आइरहकै छ ।

Comments