- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १९ गते बुधवार । भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका-६ भोर्ले आइपुगेका थिए । त्यहाँबाट उद्दार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरु सबैलाई जिल्ला स्वास्थ्य चौकीमा लगेर चेकजाँच समेत गरिएको थियो । त्यसक्रममा मग्रातीको खुट्टा भाँच्चिएको र टाउको तथा अनुहारमा चोट लागेको पाएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ तामाङले बताउनुभयो ।
उनलाई बुधबार विहान ज्वरो आएको थियो । उपचारकै क्रममा मृत्यु भएको छ । उनको कोरोना परीक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट आउन भने बाँकी छ ।
यस्तै, वीर अस्पतालमा नै उपचार गराइरहेका गोरखाका एक युवकको पनि मृत्युभएको छ । मिर्गौला खराब भएका कारण नियमित डायलासिस गराइरहेका उनमा ज्वरो आएका कारण कोरोना संक्रमण परीक्षणका लागि नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
तर, रिपोर्ट नआएको वीर अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

Comments