- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १९ गते बुधवार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उजुरी दर्ता भएको हो ।
विवेकशील नेपाली दलका नेता तथा बागती प्रदेशसभा सदस्य रमेश पौडेलले मन्त्री ढकाल विरुद्ध बुधबार अख्तियारमा उजुरी हाल्नुभएको हो । सांसद पौडेलले कोरोना रोकथामका लागि चीनबाट किनिएको स्वास्थ्य सामग्रीमा अनियमितता गरेको आरोप लगाउनुभएको छ।
स्वास्थ्य मन्त्रालयले बजार भाउभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री किनेको आरोप लगाउँदै प्रदेशसभा सदस्य पौडेलले सरकारको अनियमितताका विषयमा आवश्यक छानविन गर्न अख्तियारमा उजुरी पेस गर्नुभएको छ।
स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका कोरोना भाइरसको रोकथाममा प्रयोग गरिने सामग्री गुणस्तरहीन र अत्यधिक महँगो भएको भन्ने जनगुनासो बढिरहेकै बेला स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको हो । सरकारले भने अभावका बेला सामान किन्दा महँगो परेको भन्दै बचाउन गर्ने गरेको छ ।
यसैबीच, चर्को मूल्यमा चीनबाट ल्याइएका र्यापिड टेस्टिङ किट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्ने निर्णय स्वास्थ्य मन्त्रालयले नै गरिसकेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मन्त्रीका स्वास्थ्य सल्लहाकार डा. खेम कार्कीले यस्ता र्यापिङ टेस्ट किट तत्काल प्रयोग नगर्न निर्देशन दिनुभएको थियो ।
विश्व स्वास्थ्य संगठनले कोरोना रोकथामको सबैभन्दा गतिलो उपाय बढी भन्दा बढी परीक्षण भनेको छ । तर, गुणस्तरहीन भएपछि सरकारले महँगो मूल्यमा चीनबाट ल्याएका ५७ हजार थान र्यापिङ टेस्टिङ किट प्रयोग नै नगरी राखिएको छ ।

Comments