- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १९ गते बुधवार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रूपैयाँ घटाएर काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ९६ रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ८५ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ । त्यसैगरी हवाइ इन्धनमा निगयमले प्रतिलिटर १५ रुपैयाँ घटाइ ७५ रुपैयाँ प्रतिलिटर कामय गरेको छ भने एलपी ग्यासको मूल्य यथावत राखेको छ । त्यसैगरी हवाइ इन्धनमा निगयमले प्रतिलिटर १५ रुपैयाँ घटाइ ७५ रुपैयाँ प्रतिलिटर कामय गरेको छ भने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्ष यताकै सस्तो विन्दुमा पुगेसङै इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । कोरोना भाइरस (कोभिड १९) का कारण तेलको माग घटेपछि अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो ।

Comments