Loading...
Logo

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

काठमाडौँ, चैत १९ गते बुधवार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य  घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रूपैयाँ घटाएर काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ९६ रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ८५ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ । त्यसैगरी हवाइ इन्धनमा निगयमले प्रतिलिटर १५ रुपैयाँ घटाइ ७५ रुपैयाँ प्रतिलिटर कामय गरेको छ भने एलपी ग्यासको मूल्य यथावत राखेको छ । त्यसैगरी हवाइ इन्धनमा निगयमले प्रतिलिटर १५ रुपैयाँ घटाइ ७५ रुपैयाँ प्रतिलिटर कामय गरेको छ भने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्ष यताकै सस्तो विन्दुमा पुगेसङै इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । कोरोना भाइरस (कोभिड १९) का कारण तेलको माग घटेपछि अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो । 

स्रोत: Mero Online

Comments