- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २० गते बिहीवार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो ।
पछिल्लो विवरण अनुसार विश्वका २०३ देशमा कोरोनाबाट ९ लाख ३५ हजार व्यक्ति संक्रमित भएका छन् । जसमा ४७ हजारको ज्यान गइसकेको छ ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिका, इटाली, स्पेन, चीन, जर्मनी, फ्रान्स, इरान प्रभावित भएका छन् । अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार नाघ्दा ५ हजार बढीले ज्यान गुमाएका छन् ।
यस्तै, इटालीमा १ लाख १० हजार संक्रमित मध्ये १३ हजार बढीको ज्यान गइसकेको छ । स्पेनमा १ लाख ४ हजार संक्रमित छन् । त्यहाँ कोरोनाबाट ९ हजार ३ सयको मृत्यु भइसकेको छ ।
त्यस्तै, कोरोनाको उत्पती भएको चीनमा साढे ८१ हजार संक्रमितमध्ये ३३ सयको ज्यान गएको छ । त्यहाँ दिनहुँ संक्रमणदर घट्दो क्रममा छ । जर्मनीमा करिब ७८ हजार व्यक्ति संक्रमित भएका छन् । जसमा ९३१ जनाले ज्यान गुमाएका छन् ।
फ्रान्समा कोरोनाबाट करिब ५७ हजार प्रभावित हुँदा ४ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ । इरानमा साढे ४७ हजार मानिस संक्रमित मध्ये ३ हजारको ज्यान गइसकेको छ । बेलायतमा २९ हजार बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । त्यहाँ मृतकको संख्या २३ सय नाघेको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments