- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २० गते बिहीवार । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाललाई टेलिफोन गरेर राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीको स्वास्थ्य स्थितिबारे जिज्ञासा राख्नुभएको हो ।
राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा भएका सबै नेपालीलाई सुरक्षित रहन आग्रह समेत गर्नुभएको छ ।
अस्ट्रेलियास्थित नेपाली सामाजिक सस्थाहरुको महासंघको एक तथ्यांकअनुसार यहाँ नेपाली मूलका ९४ हजार ५ सय स्थायी बासिन्दा छन् भने २४ हजार ५ सय नेपाली पर्यटक विगत ८ महिनायता अस्ट्रेलियामा छन् । त्यस्तै ५७ हजार ७ सय नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् ।
अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाका लागि सरकारले राहत कार्यक्रम ल्याए पनि पर्यटक, अस्थायी बासिन्दा र अन्तर्रास्ट्रिय विद्यार्थीलाई सम्बोधन गरेको छैन ।नेपाली दूतावास र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले संयुक्त रुपमा तयार गरेको तथ्यांकअनुसार अहिले विभिन्न राज्यमा चार सय ८७ जना स्वयं एकान्तबासमा छन् ।
अहिलेसम्म नौ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिए पनि चार जना निको भएका छन् भने अरुको पनि स्वास्थ्यमा सुधार भइरहेको छ ।

Comments