Loading...
Logo

कोरोना कोषलाई नेपाल आयल निगमले दियो ५० करोड

काठमाडौँ, चैत २० गते बिहीवार  । नेपाल आयल निगमले कोरोना रोकथाम उपचार तथा राहत कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको छ । 
नेपाल  सरकारले ५० करोड रुपैयाँ राखेर सुरु गरेको कोषमा बुधबार बसेकोको निगमको सञ्चालक समितिको बैठकले ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । सोही अनुसार निगमले उक्त रकम कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको हो । 
निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । 

 

स्रोत: Mero Online

Comments