Loading...
Logo

इजरायलका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौँ, चैत २० गते बिहीवार  । इजरायलका स्वास्थ्य मन्त्री र उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम आइसोलेसनमा रहेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित हुने गर्नुभएको थियो ।

स्रोत: Shilapatra.com

Comments