Loading...
Logo

नेपालमा अर्को एकजनामा कोरोना संक्रमण भेटियो, संक्रमितकाे संख्या ६ पुग्यो

काठमाडौँ, चैत २० गते बिहीवार  । नेपालमा थप एकजनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै नेपालमा कोरोना सन्क्रमितको संख्या छ पुगेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराउनु भएको हो ।  
निज संक्रमित व्यक्ति पनि चैत्र ४ गतेकाे कतार एयरकाे क्यू आर ६५२ को उडानबाटै यसअघि नेपाल आएको बताइएको छ । स्वास्थ मन्त्रालयका अनुसार आजसम्म ११ सय ८४ जनाको ककोरोना भाइरस संक्रमणको परीक्षण भएको छ ।

 

स्रोत: Mero Online

Comments