Loading...
Logo

माछापुच्छ्रे बैंकले गर्‍यो १ करोड ६ लाख रुपैयाँ सहयोग

काठमाडौँ, चैत २० गते बिहीवार । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि माछापुच्छ्रे बैंकले १ करोड ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रिय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने ७ वटै प्रदेश सरकारलाई ५/५ लाख रुपैयाँका दरले कुुल ३५ लाख रकम सहयोग उपलब्ध गराएको छ । 
त्यसैगरि स्थानीय निकायहरुको समन्वयमा दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराउन र महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाण्डौ र भक्तपुरका भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गर्नको लागि  २० लाख रुपैयाँ खर्च गरिसकेको बैंकले जनाएको छ ।   
नोबेल कोरोना भाइरस (COVID-19) महामारी संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा सहयोग पुगोस भनेर संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १ करोड ६ लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।
 

स्रोत: Mero Online

Comments