Loading...
Logo

कोरोना उपचार कोषमा प्रभु बैंकको १ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौँ, चैत २० गते बिहीवार । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिहीबार प्रधानमन्त्री कार्यालय पुगेर सहयोग उपलब्ध गराएको जानकारी गराउनुभयो । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यो रकम उपलब्ध गराएको जनाएको छ । संघीय सरकारलाई १ करोड १ लाख रुपैयाँ सहयोग गरेको बैंकले प्रदेश सरकारलाई पनि सहयोग उपलब्ध गराउने जनाएको छ । 

स्रोत: Mero Online

Comments