- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २० गते बिहीवार । मलेसिया सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरेको लकडाउन उल्लंघन गर्ने ४ जना नेपालीलाई ३ महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना गरिएको छ ।
मलेसियाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा मलेसियाको मलाकामा ती नेपालीहरू पक्राउ परेको अध्यागमन कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्णबहादुर लिम्बू , दुर्गाबहादुर सार्की, पुण्य तामाङ र भरोसी सदा रहेको विभागले जनाएको छ ।
उनीहरूसँगै पक्राउ परेका पाकिस्तानी र बंगलादेशी नागरिकलाई पनि सोही सजाय भएको छ । यसैगरी, अन्य ९ जनालाई ५ सयदेखि १ हजार रिंगिटको बीचमा जरिमानाको सजाय अदालतले गरेको अध्यागमन कार्यालयले जनाएको मलेसियाबाट अनील कार्कीले जानकारी दिनुभयो ।
४ जना नेपालीसँगै पक्राउ परेका १ जना पाकिस्तानी तथा १ जना बंगलादेशी नागरिकलाई ३ महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना भएको हो ।
उनीहरूलाई अदालतले १ हजार रिंगिट जरिमाना वा ३ महिना जेल सजाय तोकिएको मलाका अध्यागमन कार्यालयले जनाएको छ । न्यायाधीश मोहम्मद नजरिन अलि रहिमको इजलासले सो सजाय तोकेको हो ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments