Loading...
Logo

मलेसियामा लकडाउन उल्लंघन गर्ने ४ नेपालीलाई जरिमाना र जेल सजाय

काठमाडौँ, चैत २० गते बिहीवार । मलेसिया सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरेको लकडाउन उल्लंघन गर्ने ४ जना नेपालीलाई ३ महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना गरिएको छ ।

मलेसियाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा मलेसियाको मलाकामा ती नेपालीहरू पक्राउ परेको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा पूर्णबहादुर लिम्बू , दुर्गाबहादुर सार्की, पुण्य तामाङ र भरोसी सदा रहेको विभागले जनाएको छ ।

उनीहरूसँगै पक्राउ परेका पाकिस्तानी र बंगलादेशी नागरिकलाई पनि सोही सजाय भएको छ । यसैगरी, अन्य ९ जनालाई ५ सयदेखि १ हजार रिंगिटको बीचमा जरिमानाको सजाय अदालतले गरेको अध्यागमन कार्यालयले जनाएको मलेसियाबाट अनील कार्कीले जानकारी दिनुभयो ।

४ जना नेपालीसँगै पक्राउ परेका १ जना पाकिस्तानी तथा १ जना बंगलादेशी नागरिकलाई ३ महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना भएको हो ।

उनीहरूलाई अदालतले १ हजार रिंगिट जरिमाना वा ३ महिना जेल सजाय तोकिएको मलाका अध्यागमन कार्यालयले जनाएको छ । न्यायाधीश मोहम्मद नजरिन अलि रहिमको इजलासले सो सजाय तोकेको हो ।

स्रोत: Shilapatra.com

Comments